Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको सेखी झार्न को को सक्रिय ?

काठमाडौं । राजनीति जीवनका ४० वर्षमा पार्टी, सिद्धान्त, नीति र दर्शनका लागि दिइएको लगानी विवेक गुमाउँदा शिशा फुटेझैं झ¥यामझुरुम हुन्छ भन्ने कुरा कृष्णबहादुर महरामाथि लागेको यौन काण्डले देखायो । महरा परे हामी सफल भयौं भनेर जो जो फुर्केका छन् तीनका पनि सेखी झर्छन् । उनीहरूविरुद्ध अख्तियारमा उजुरी पर्न सक्छ । किनकि उनीहरू जिल्लाको दादा हुन् कठिन पर्ने छ । विघटित माओवादीमा महराको प्रचार भयो एमालेका शेरधन राई, कृपासुर शेर्पा, रविन्द्र श्रेष्ठहरू कानुनी जालमा नपरेका मात्र हुन् । शेर्पा र श्रेष्ठलाई बहुविवाह काण्डमा अझै पनि कारबाही गर्ने ठाउँ छ ।

उनीहरू केपी गुटका हुन् । केपी गुटमा गुण्डा र ठेकेदार मात्र होइनन् यस्ता अपराधीको जत्था नै छ ।
नेकपाको नेतृत्वले सरकार राम्रोसँग चलाएन । प्रम ओलीलाई जनताको चाडबाडप्रति चासो भएन तर प्रदेश सरकारका मन्त्रीलाई राजधानीमा आवास प्रधानमन्त्री निवासमा नयाँ भवनको शिलान्यास, संघिय संसद भवनको शिलान्यास त्यस्तो बेला उनले गरे जुन बेला देश चाडबाडको समयमा पनि महंगी, कालोबजार, भ्रष्टाचारमा चुर्लुम्म डुबेको थियो ।

देशभरका सडकको स्थिति नाजुक छ । असफल, भ्रष्ट मन्त्री बोकेर ओलीले शासन चलाउँदा अर्का अध्यक्ष पुष्पकमल दाहालको दाहिने हात मानिएका कृष्णबहादुर महरामाथि सिआइएको डिजाइनमा जबर्जस्ती यौन काण्ड लागेको छ । प्रचण्डबाट सधैं साथ पाएका र तत्कालिन माओवादीको नाममा प्राप्त राज्य सत्ताको धेरै स्वाद लिने यिनै हुन् । प्रचण्डले जहिले पनि महरालाई साथ लियो भन्ने महसुस रोल्पाका वर्षमान पुन, रुकुमका जनार्दन शर्मा, जाजरकोटका शक्ति बस्नेतले गरेका थिए । उनीहरू पछिल्लो समयमा अध्यक्ष दाहालभन्दा प्रम केपी ओलीको भक्त भएका थिए ।

चरित्रको स्थानमा उनीहरू यौन लम्पटका रुपमा चर्चमा नआए पनि घुस खान र सम्पत्ति आर्जन गर्न सफल छन् । पुनका आफन्त जसरी सबै कमाई गर्ने ठाउँमा छन् जनार्दन शर्मा शक्ति बस्नेतको चरित्र पनि उस्तै हो । अहिले प्रम ओलीले सन्तोषजनक रुपमा न त पार्टी चलाएका छन् नत सरकार चलाएका छन् । ओली कालको आक्रोश बैदेशिक रोजगार संघ, पर्यटन व्यवसाय, उद्योग बाणिज्य संघहरू मात्र होइन निर्माण व्यवसायी संघमा समेत देखियो । जबकि सरकारका कामको मूल्याकन यस्तै बेला हुन्छ । प्रधानमन्त्री केपी ओलीलाई यहँँ ग्लानी छैन, राष्ट्रले दिलाएका पदक तथा विभूषण होस् वा पुरस्कार समेत विवादित बनाइयो । महराको झ्याङ्लो रोशनी शाहीको चरित्रका कुरा पनि आएका छन् ।

उनको खेती नै ठूलाबडा पैसावाललाई डेरामा डाकेर हिमालयन ब्राण्डमा झुमाउने र पैसा झार्ने यौन कुण्ठा मेटाउने रहेछ भन्ने कुरा अनुसन्धानले पनि फेला पार्ने छ । नेपाल प्रहरीमा पुगेको यो केशले नेकपाको हातमा रहेको सभामुख पद त बच्ला अब उपसभामुख पद खोसिने छ । कानुनत विपक्षी दलको भागमा जानु पर्ने उपसभामुख पद बल्ल नेकपाको ग्रिपबाट फुत्किँदैछ पार्टीप्रतिको निराशा सरकारप्रतिको आक्रोशमा थपिएको यो काण्ड त्यस्तो बेला घट्यो जुनबेला दशैंले नेपाली समाजलाई ढोकेको थियो । न्युज पोर्टलहरूले जति प्रचार गरे त्यो नै चर्चामा आयो । पार्टी र सरकार जनताप्रति गैर जिम्मेवार रहँदा नेतामाथि परेको बज्रपातलाई पाइस स्वाद भन्ने धेरै हुन्छन् ।

महरा काण्डमा विपक्षी त रमाए नै विमलेन्द्र निधि, गगन थापा, लोग्ने छाडेकी उमा रेग्मी अधिकारीको छलफल सञ्चारिका समूहकी पूर्व अध्यक्षसम्म पुगेको गुनासो हाम्रा कुरा डटकमको खजाना भयो । नेकपालाई गिराउन पाए कसैले बाँकी राख्दैन । यहाँ त सुभाष नेम्वाङ, अग्नि खरेल समेत लागेका छन् । सरकार, पार्टी र जनताप्रति इमान्दार भएर निष्ठाको राजनीति गरेको भए यस्तो घृणित चरित्रको विकास हुने थिएन । यो काण्डले रखैल राखेर यौन कुण्ठा पूरा गर्दैै आएका नेताहरूलाई सजग बनाएको हुनुपर्छ । किनकि रोशनी र वनमन्त्री शक्ति बस्नेतबीचमा पनि हिमालयन रिजर्भ रक्सी र उकुस मुकुस सम्बन्ध भएको माओवादी पत्रकारहरू बताउँछन् ।