Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर। नेपाली काँग्रेसभित्रको असन्तुष्टि दुई महामन्त्रीले देशव्यापी बनाइरहेका छन् । पार्टी संस्थापनको सुस्तता र ढुलमुले नीतिले पार्टी दिनप्रतिदिन धिमा गतिमा अघि बढिरहेका बेला दुई महामन्त्रीको विद्रोहले पार्टी सभापतिको कुर्सी समेत धरापमा परहेको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन्। संसदीय दलमा आवाश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुनेसमेत जनाएका महामन्त्री थापाले आफु उपयुक्त समय कुरिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको पनि जनाएका छन्। यसैगरी, नेपाली कांग्रेसको नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुका बीचमा गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने तथा नयाँ तरिकाले अघि बढने बारेमा निर्णय लिने पनि उनले जानकारी दिएका छन्। कोशी सरकार निर्माणको बिषयमा भएको बिबादका बारेमा तत्कालै कुनै प्रतिक्रिया नदिएका महामन्त्री थापाले सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने भने जनाएका छन्। केन्द्रीय समितिको बैठक स्थगित भएको र सो बैठक सुरु हुने बितिक्कै पार्टीको भावी कार्यदिशा र कार्ययोजनाका बारेमा थप गहन छलफल हुने उनको भनाइ छ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल