Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई ओलीको आरोप– राजावादीसँग मिलेर सडयन्त्र गरिहन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पूर्वराजावादीसँग बाक्लै बसाउठी भएको बताएका छन्

उनले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डको कार्यशैलीको आलोचना गर्दै हङ पार्लियामेन्ट भित्र खेलिने झिँगेदाउको खेल अन्त्य हुने चिन्ताले सताएको बताएका छन् ।

असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म देश समृद्ध बन्दै गरेको, अर्थतन्त्र लयमा फर्किएको र निराशाको मात्रै कुरा गर्न नहुने भाषण गरिरहेका प्रचण्ड सरकारबाट हटेको दुई साता नबित्दै संसद्को रोष्ट्रमबाट नेपाल बंगलादेशजस्तै बन्ने अभिव्यक्ति आयो । यो अन्त्यन्त गैरजिम्मेवार, गैर कूटनीतिक र अशोभनीय टिप्पणीमात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमुना पनि थियो । आज माओवादी केन्द्र एक वर्षअघि आफ्नै प्रदेशसभा सदसयहरुको सहभागितामा नामकरण गरिएको कोसीको विरुद्ध उग्र जातीयतावादी समूहहरुसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पु¥याउन उद्दत देखिएको छ । पूर्वराजावादीहरुसँग बाक्लै बसाउठी छ ।


सम्बन्धित समाचार