Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई काँध थाप्ने देखिएन कोही

काठमाडौँ । पार्टी एकता भइसक्यो, नेताहरूमा लुटको कहानी जागेको छ । मन्त्रीहरू पनि गुटको आधारमा काम सम्पन्न गर्छन् । दलका नेता राष्ट्रपतिको नाममा तामझाम गर्ने गरिँदैछ । सत्कार सम्मान सबैमा हुनुपर्छ तर नेतृत्वले पञ्चायती सामन्ती सोच, शैली हटाउन चाहेको छैन । प्रधानमन्त्री खड्ग ओली नै यस्ता गलत संस्कारका नयाक भएका छन् । ओलीका गुटकाले मात्र देशको राज्यश्रोत उपभोग गर्न पाउनु पर्ने कानुनी व्यवस्था महान्यायाधीवक्ता कार्यालयबाट गर्न बाँकी छ । अग्नि खरेल, सुभास नेम्वाङ, सुशील प्याकुरेल जस्ता सिआइएको लगानीमा सक्रिय युरोपेली युनियनको निर्देशनमा नेपाल कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाउन सफल विज्ञहरू प्रमका वरपर छन् ।

सरकारले गर्ने निर्णयमा विष्णु रिमाल, घनश्याम भट्टराई छँदैछन् । पार्टीबाट सुझाव दिने ईश्वर पोखरेलहरू छँदैछन् । प्रधानमन्त्री ओली आफंै राजा आफैं शासक भएको अवस्थामा मन्त्री को बनाउने, सभामुख कसलाई ल्याउने भन्ने विषय पार्टीको गणनामा पर्दैन । माओवादीको नाउका लुटाहाहरूले पार्टी एमाले जस्तो पदभ्रष्ट, सत्ता लम्पट राष्ट्रघाती र देश द्रोही शक्तिलाई सुम्पेको फल खाएको छ । माओवादी कोटाका ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेतले कसरी कृष्णबहादुर महरालाई फसाए भन्ने प्रमाण छरपस्ट छन् । यौन लम्पट त एमालेका दीर्घ सोडारी, केशव स्थापित, शेरधन राई समेत रहेछन् । पार्वत गुरुङ फौजदारी संहिदाको परिवबन्दमा फस्दैछन् । आफू राम्रो अर्को नराम्रो भन्ने ठाउँ ओली गुटमा छैन ।

सभामुख पदका लागि माओवादीमा सक्षम चरित्र छैनन्, ओनसरी घर्ती अर्काले लेखेर दिएको शुद्धसँग पढ्न नसक्ने, देव गुरुङ कानुनको विज्ञ होइनन्, यिनले अपेक्षा गर्दा ३ पटक सभामुख भएका सुभाष नेम्वाङहरूलाई गिज्याएको हुन्छ । उनीहरू देशमा क्रिश्चियानिटी फैलाउन सफल योद्धा हुन् । ओली गुटले अरूलाई दिएको खण्डमा पाउने हो । एमालेका माधव नेपाल, वामदेव गौतम आफ्नो स्वार्थमा माओवादीलाई प्रयोग गर्ने पात्र हुन् भन्ने कुरा नेकपाको प्रचण्ड मण्डलीले किन नबुझेको होला ? प्रचण्डको टीमले त्यो पद अपेक्षा गर्नुभन्दा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई ने सभामुखका लागि जोड गर्नु राम्रो हुन्छ । शिवमाया र ओनसरीबीच तुलना हुँदैन ।

ओनसरीलाई अगाडि सार्दा वर्षमानको लुट अर्कोेले स्याहार्न पाउँछन् । सभामुखको ठाउँबाट लुट्ने संसद सचिवालय नै हो । जहाँ करोडौँ खर्च गरेर किनेका गाडीहरू एक वर्ष नपुग्दै बिग्रेका छन् । नेकपाको नेतृत्वले जे बोल्छ त्यो गर्दैन । हिजो एकता प्रक्रियामा पार्टी जाँदा पद विभाजन गरी एमालेले सरकार चलायो माओवादीले संसद चलाएकै हो । पार्टीको रूप मिलेको छ । प्रचण्ड र केपी गुट मिलेर सबैतिर आफ्नैबाट राज्य लुटाएका छन् टाढा भनेको गुटको आधार हो । भ्रष्ट मन्त्रीहरू गुटको कारण जोगिएका हुन् । कतिपय विषय ओलीको दम्भ र अहंकारसँग भिड्दा माधव र वामदेवसँग मत मिलेको मात्र हो । प्रचण्डलाई काँधै थाप्ने पूर्व एमालेमा नभएको सत्य हो । त्यो सत्य प्रचण्डले स्वीकारेकै कारण पार्टी एकता भएर पनि मन नमिलेको बताएका हुन् ।