Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

एमाले अध्यक्ष केपी ओली राजनीतिका चतुर खेलाडी त हुन् उनी अस्थिरताका नायक पनि हुन् । यतिबेला केपी ओली र माधव नेपालबीचको लडाइँले राजनीति अस्थिरता जागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्ता र कुर्सी भए हुन्छ । नेपाली जनता र देशको गरिबी नियन्त्रणमा उनको चासो छ, गठबन्धनको चासो छैन । काँग्रेसको छत्र छायाँबाट प्रचडलाई फुत्काउने र आफ्नो वशमा पार्न केपीले मिशन ०८४ सम्म वामपन्थी एकता हुने डम्फू बजाए । तर सरकार बनेको महिना दिन बित्न पाएको थिएन पार्टीका वरिष्ठ उपाध्यक्ष एवं माफिया संरक्षक ईश्वर पोखरेलमार्फत् पोखराबाट एमाले काँग्रेसको सरकार बन्नु पर्छ भन्न लगाए । त्यो नै एमालेको चिनारी हो । स्व. मनमोहन अधिकारी प्रम भएको बेला संसदमा अविश्वासको प्रस्तावको सम्बोधन गर्दा लिखित तयार भएपछि दरबार र भारतीय दूतावासमा बुझाएर तिनको विश्वास जितेका ईश्वर भ्रष्टाचार र माफिया करणसँग जोडिएको नाम हो भन्ने कुरा त्यो बेलाका गृहमन्त्री र दुई पटकका प्रम ओलीलाई राम्रै थाहा छ ।
केपी ओली देशको अस्थिरताका नायक हुन् । उनले जे भन्छन् त्यो मान्ने र उनको प्रतिवेदनमा कुनै टिका टिप्पणी नगर्ने एमालेका पानी मरुवा नेता कार्यकर्ताले देश केपीकै पालामा समृद्धि र विकास हुन्छ भन्ने विश्वास गर्नु पनि ठूलो भुल हो । ०७४ सालमा नेकपाको नाउमा जनताले दिएको मत जोगाउनु सट्टा २ पटक संसद विघटन गर्ने र काँग्रेसका न्यायाधीश कुमार रेग्मी प्रयोग गरेर सर्वोच्च अदालतबाट नेकपा फुटाउने केपीलाई आत्मग्लानी पनि छैन र हिनताबोध हुँदै हुन्न । किनकि उनले गरेका प्रत्येक अपराधले जनताको जीवनमा संकट थप्नै छ, संघीयता असफल सिद्ध गर्ने गणतन्त्र विरोधीहरूलाई उकास्ने काम ओलीबाट भएको छ । यो समयमा कम्युनिष्ट पार्टीको हिरक जयन्ती मनाइयो । जहाँ सहयात्री माधव नेपाल अतिथि बनाइए । प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस सभापति शेरबहादुर देउवालाई विशिष्ट अतिथि बनाइए । सहयात्रीप्रतिको केपी व्यवहार सहयात्रीलाई हेपाइको चरम श्रेणी हो । त्यही कारण वर्तमान गठबन्धनलाई केपीले गठबन्धन नभनेर सहकार्य भनेका छन् । उनले चाहेको बेला प्रचण्ड ढाक्रे हुने निश्चित छ । प्रचण्ड कुर्ने सिद्धान्त, विचार त्याग र समर्पणबाट यो सरकारका मुल अस्ति भएका होइनन् भन्ने कुरा केपीले बुझ्छन् । उनले जनयुद्धका सहायत्री धेरैलाई त्यागेर गुटको भरमा आफ्नो दुनो सोझ्याउँदादेखि माओवादी के हो भन्ने छर्लङ्ग हुन्छ ।

जनताको मुक्तिका लागि हतियार उठाएको पार्टी आज कता पुग्यो । सत्ता स्वार्थ र स्वर्गीय आनन्द चाहेका माओवादी नेताहरूलाई धन दौलत बढाउन सुन तस्करी गर्नु पर्ने बनाइयो । जनताको सेवा होइन कुन तरिकाबाट महल बनाउने, कस्तो बनाउने, कस्तो धन्दा गर्ने भन्ने कुरा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्रले देखाइदिए । यस्तै अपराध गरेर एमाले उपाध्यक्ष भएका रामबहादुर थापाका पौरखी पुत्र प्रतीक थापाको हालत देखियो । टोपबहादुर आफैं सहभागी भएर छोरो सन्देश रायमाझीलाई पनि जेल पठाएर अर्को पौरख गराए, माओवाद कमाउवाद बनाएको कुरा बुझेर एमालेका महानायक भ्रष्ट र अपराधीका संरक्षक केपी ओलीले वाम पार्टीहरूकाबीचको सहकार्य भत्काउन अर्काको पार्टीभित्र खेल्न थालेको कुरा सुदूरपश्चिमको सरकारमा खडा भएको खैलाबैला प्रमाण हो । केपी ओलीले यो देशमा वापमन्थी एकता गर्लान् र त्यो एकतामा सबै वाम एक होलान् भन्ने विश्वास छैन । किनकि सरकार वर्तमान भ्रष्ट संस्कृतिभित्रको राजनीति पेरुङ्गामा कोचिएको छ । एमाले र रास्वपालाई घाटा छैन । सहकारी ठग एमालेमा धेरै छन् । छानविन समिति गठन गर्न एमालेले चाहेन । काँग्रेसले संसदीय छानविन समिति बनाउँ भन्दै ओलीको दबावमा संसद नै स्थगित गरियो । प्रधानमन्त्री दाहालले यो संसद स्थगित गर्नु र नगर्नुको भेद छुटाउनै परेन । वर्तमान गठबन्धन जसरी बनाइयो । त्यो बेला प्रचण्डले माधवको महत्व बुझेनन् । जब उपेन्द्र यादवले मधेशको सत्ता टिकाउने एकीकृतको जरुरी ठाने त्यसपछि माधवको खोजी भएको हो । यस्तो तरंगित स्थिति देशमा छ । त्यसैले एमालेले केपीको स्वार्थमा काँग्रेससँग मिल्ने तयारीमा छ ।
सरकारको नाउमा जनताको सेवा छैन । यो सरकार के का लागि बन्यो, कसले बनायो, किन बनायो कोही भ्रममा नपरे हुन्छ । केबल प्रधानमन्त्री प्रचण्ड र केपी ओलीको खेल मैदान संसददेखि प्रदेशसम्म उर्लदै छ । प्रचण्ड सरकारका अर्थमन्त्रीको क्षमता जति भए पनि राजश्व उठाउन र जनताको सेवा गर्ने नीति छैन । जनताले कालो बजारको नियन्त्रण खोज्छ, सरकार बोल्दैन । किनकि कालोबजारीयाहरू केपी ओलीको दाश मोती दुगड पार्टीमा छन् । समृद्धि र विकास सरकारी कमाण्डर केपी ओलीको गुरु मन्त्र हो । एमालेको राष्ट्रिय परिषद् बैठकको तुक भनेको जनता झुक्याउने देशको ऋण बढाउने हो । कम्युनिष्ट पार्टीले जनताको सेवा कसरी गर्छ भन्ने कुरा सहकारी ठग र सुन तस्करको रक्षा भ्रष्टहरूको सुरक्षा हो । ओलीको चतु¥याई यहाँ ढलमलाएको छ ।