Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई थाहै नदिई नारायणकाजीले सुटुक्क भेटे विद्या

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असार १९ गते बिहान ९ बजे भंगाल निवास पुगे। असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि श्रेष्ठ उनलाई भेट्न पुगेका थिए। त्यो पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिई। करिब ४५ मिनेट जति भएको भेटवार्तामा के–के कुरा भयो, पूरै सार्वजनिक भइसकेको छैन। तर, सो भेटको असर भने माओवादी केन्द्रमा देखिएको छ। किनकि, बिहीबार अपराह्न पार्टी कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले यसबारे नेताहरूलाई स्पष्ट नै पार्नुपर्‍यो। जबकि सो बैठकमा श्रेष्ठ थिएनन्। उनी हाल अमेरिकामा छन्। श्रेष्ठ मात्र होइन, उपमहासचिव जनार्दन शर्मा पनि थिएनन्। आफूलाई थाहै नदिई श्रेष्ठ भण्डारीकहाँ पुगेको कुरा प्रचण्डले दुई दिन ढिला थाहा पाएको बैठकमा बताए। त्यसपछि आफूले यसबारे चासो राखेको प्रचण्डले सुनाए। त्यसपछि छलफलका विषयमा कुरा भएको पनि प्रचण्डले पदाधिकारीलाई जानकारी गराए। बैठकमा प्रचण्डले बताएअनुसार नारायणकाजीसँग भण्डारीले भनेकी थिइन्, तपाईंहरूले नन्दबहादुर पुनलाई ल्याउनुभयो। कस्तो छ, के छरु म पनि एमालेको सक्रिय राजनीतिमा आउने भएँ। त्यसपछि प्रचण्डले एमालेसँगको एकताको विषयमा स्पष्टीकरण दिए। भिजिट भिसाको मुद्दा भयो घाँडो
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारी मुछिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित चार दलले जेठ १३ गतेदेखि संसदमा अवरोध ग¥यो। उनीहरूले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाए। तर, जेठ ३० गते एमालेका मुख्य सचेतक महेश बर्तौलासँग २ बुँदे सहमति गरेर माओवादीले संसदको अवरोध हटायो।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल