Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्षहरूलाई गुट र परिवारकै चिन्ता छ । प्रधानमन्त्री केपी ओलीले पार्टीको नाममा गुट भन्दा टाढाका कार्यकर्ता हेर्दैनन् । ओलीको शासन झूट, लूट र भष्मासुरमा गणना भएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालालई छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाएर पुगेन । रेणुले लोग्नेलाई सँगै राखेकीमा रिश होइन, लोग्ने स्वास्नी सँगै रहने चलन कानुन सम्मत पनि ठीक मानिन्छ । तर रेणुका लोग्ने अर्जुन पाठक महानगरको तलब खाने गरी सल्लाहकार छन् । कान्छी छोरी गंगा प्रचण्डकी स्वकीय सचिव छन् । उनका लोग्ने मोरङ २ मा प्रदेश सांसद प्रतिस्पर्धी थिए । चुनाव हारेपछि उनलाई उपराष्ट्रपति कार्यालयमा सरकारी तलब खाने प्रबन्ध गराइयो । जेठी छोरीका लोग्ने सागरलाई तत्कालिन सभामुख कृष्णबहादुर महराको पिए बनाएका प्रचण्डले महरामाथि रोशनी काण्ड लागेपछि पद त्याग गर्नुप¥यो । महरासँगै सागरको जागिर गयो ।
अहिले सागरलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पिए राख्ने तयारी गरिँदै गर्दा सभामुखमा अग्नि सापकोटा आएपछि पुरानै ठाउँमा रहने सम्भावना बढेर गएको छ । सागरले नै बारम्बार सरकारी सेवा पाउने र पूर्व सचिवहरू संवैधानिक निकायमा ल्याउनुमा भिन्नता छैन ।
सबैलाई थाहा छ प्रचण्ड र ओली नेकपाका अध्यक्ष हुन् । यिनले पार्टीका ७ लाख ५० हजार कार्यकर्ता र ३ करोड जनताका बारेमा के सोचे होलान् ? आङ्खनै सन्तानको सेवा नेकपाका नेताको पहिलो प्राथमिकता रहेछ । गृहमन्त्री रामबहादुर थापाले छोरा प्रतिक थापालाई पिए राख्दा आङ्खनै भाईको अपराध त्यो बेला थाहा पाए जुन बेला प्रहरीले गृहमन्त्रीका भाइबाट सरकारी कागजात र छाप फेला पा¥यो । माओवादीले १९ हजार घाइते हुने गरी चलाएको जनयुद्धमा ११ हजारको अकालमा मृत्यु, हजारौं बेपत्ता, लाखौं द्वन्द्व पीडितको भलो के ग¥यो त ? आखिर जनताले के पाए ? महंगी, भ्रष्टाचार, बेथिति, बिचौलिया र दलालीको बढोत्तरी कम्युनिष्ट पार्टीको उपहार बन्दैछ ।
नेकपाका कुनै पनि नेता आङ्खनो परिवार र गुटबन्दा पर छैनन् । सल्लाहकारमा यिनले आङ्खनै निर्वाचन क्षेत्र, आङ्खनै दलाल राखेका छन् । दिनानाथ शर्मा शिक्षामन्त्री भए उनको पालामा शिक्षामा कतै सुधार भएन । उनको जीवनको उद्दार भयो । छोराछोरी पिए र सहयोगी राखेर १८ महिनामा दिनानाथले उठाएको पैसा अहिलेका गिरिराजमणि पोखरेलले पनि उठाउन भ्याएका छैनन् । वर्षमान पुनले अहिले चमत्कार गरेका छन् । वनमन्त्री शक्ति बस्नेतले राजनीतिक तहमा आफूले मन्त्रीस्तरबाट गर्नुपर्ने काम गरेकै छैनन् ।
प्रकृति संरक्षण कोष, राष्ट्रिय ताल संरक्षण समिति, अन्नपूर्ण बेस क्याम्पलगायत वन मन्त्रालय र विभाग अन्तर्गतका कुनै निकायलाई चुस्त गराएका छैनन् । कृषिमन्त्री पदमा रहेका चक्रपाणि खनालले दुग्ध विकास संस्थान, दुग्ध विकास बोर्ड, कफी विकास समिति जस्ता स्थानमा महाप्रबन्धक एवं कार्यकारी प्रमुख नियुक्ति गर्न सकेनन् । हिजो जनताको घरमा जबर्जस्त बास बसेर सेना र प्रहरीबाट लथालिंग बनाइएका जनताको अवस्था माओवादी बारम्बार सरकारमा आउँदा कति बुझ्यो ? सत्तामा डा. बाबुरामदेखि प्रचण्डका दलाल र हनुमानहरू धेरै पुगेका थिए । चिन्ता त नेता सबैलाई आङ्खनै छोराछोरी, ज्वाईं, भाञ्जाभाञ्जीकै बढी रहेछ । अहिले प्रधानमन्त्री ओलीको चाला त्यस्तै छ, अध्यक्ष पुष्पकमल दाहालको उस्तै छ । दाहाल र विष्णु पौडेल सहभागी तनहुँमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम काठमाडौंमा बसेका नेकपाका समर्थकले चन्दा दिनु पर्ने सेवा र सुविधा नेताकै परिवारले पाउने यस्तै हो जनताको जनवाद ?
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल