Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई ५ वर्षसरकार चलाउन दिनुपर्छ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्डलाई सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ताले काम गर्न नसकेको बताए ।

उनले भने, हिंसा र युद्धको स्रोत भनेको पूँजीवादी सत्ता हो । हाम्रो टाउकोमा जवरजस्त थोपरिन खोजिँदैछ । हामी ०८४ को चुनावमा जान्छौं भन्दा पनि हल्ला छ । अब हामी युद्ध चाहँदैनौं । तर, आजको बेपत्ता र सहिद परिवारको स्थिति हेर्दा सबै कुरा बन्दूकको बलमा अशक्तलाई लादेको छ । आजको सत्तामा जनताको स्वीकार्यता छैन । कसैको पनि समर्थन छैन । यो सत्ता चल्छ भन्नेमा मान्छेलाई विश्वास छैन । यसले नेपाली जनताको स्वाधीनतालाई बोक्न सक्छ भन्ने विश्वास छैन । तर, बोल्न दिइँदैन त्यो जनमतलाई स्वीकारिँदैन ।

मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष कांग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि प्रचण्डजीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भन्न थालिसके । बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टी पनि ठीक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ । मन्त्रीले पनि होइन भनेको छ ।