Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले काँध हाले तर कुलमानले गुन बिर्सिए

काठमाडौं । अहंकार र दम्बका घर केपी ओली र भष्मासुर दिपक खड्काका लागि शत्रु ठहरिएका उज्यालो नेपालका नायक बन्न पुगेका कुलमान घिसिङले पार्टी खडा गर्दा धेरैलाई आपत प¥यो । कुलमानलाई प्रचण्डले त्यो ठाउँमा पु¥याएका हुन् । अहिले कुलमान जुन इज्जत र सम्मानमा छन् उनको पछाडि हिजो केपी ओली र दिपक खड्का जस्ता विध्वंशकारी थिए । तिनैले कुलमानको दोस्रो कार्यकाल पूरा हुन दिएका थिएनन् । त्यो बेला संसदमा कुलमानको पक्षमा बोल्ने माओवादीमात्र थियो । संसदमा जनमत थियो । जसपा र नाउपा पार्टी मात्र होइन भारतीय जासुस संस्था रअका तलबी अमरेशकुमार पनि थिए । कोही पनि विद्वानले आफूलाई आपत पर्दाका सहयोगीलाई छोड्दैन । तर कुलमानको विवेक त्यहाँ पुगेन । उल्यालो नेपाल पार्टी बन्नुको कारण माओवादीका अध्यक्षको त्याग हो । त्यहाँ तत्काल सरकारी लगानी प्रमुख हो ।
काँग्रेसका डा. प्रकाशशरण महत, मुकेश काफ्लेहरु उज्यालो नेपालका शत्रु थिए । पैसा उठाउनु नै यिनको लोकतन्त्र थियो । आजको कुलमानलाई केपी ओलीको लुटको जानकारी छ । दीपक खड्का जस्ता भष्मासुरको रोजाईमा पर्ने कुरै भएन । विद्युत महसुल काण्डमा ओलीका उद्योगीले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत उपयोग गरेर पैसा तिर्दिन भन्दा कुलमानको सहारा प्रेस भयो र तर उनले त्यो गुन पनि बिर्सेका छन् । अहिले कुमलानको फुर्ति चम्कँदैछ । पार्टी खोल्नु ठूलो कुरा होइन । काँग्रेस, एमाले शत्रु हुँदा संसदको रोष्टमबाट उनको पक्षमा बोल्ने र जेनजी आन्दोलनलाई पहिलो सम्बोधन गर्ने प्रचण्डकै विरुद्ध लाग्ने अवस्था छ । किनकि उनी सँग जोडिएका एनजीओ किलर डा. सुन्दरमणि दिक्षित, भीम उपाध्याय, सुमना श्रेष्ठ, रीमा विश्वकर्माहरुको राजनीतिक योगदानको समिक्षा हुन्छ तर यो देशमा लुटको खेलमा को कति लाग्छन् र लागे त्यो त सुमनाले कति ध्यान दिइन् उनी लोकप्रिय शिक्षामन्त्री थिइन् ।

कुलमानको चुनौती ठूलालाई
प्रशासन बुझेको विकास पूर्वधारमा खेलेको प्राविधिक राजनीतिमा आउँदा असर त्यसलाई पर्छ जो समय चिन्दैन आफ्नो हैकम देखाउँछ । एमालेले खेदेका, काँग्रेसले भ्रष्टाचारको बाटोमा बाधक ठानेका अन्तरिम सरकारका जोशीला मन्त्री कुलमान घिसिङ आफैं अग्रसर भएर उज्यालो नेपाल पार्टी घोषणा गरे । उनलाई त्यो आँट गर्ने ठाउँ दिने नेकपा माओवादी हो । प्रचण्ड प्रधानमन्त्री थिएनन् भने कुलमानसँग भएको सीप, शक्ति र जाँगर राज्यले पत्तो पाउँदैनथ्यो । भ्रष्टाचारी नायिका राधा ज्ञवाली जस्ता घुस्याहा नारी ऊर्जामन्त्री थिइन् ।
अहिले मुलुकमा उज्यालो नेपाल पार्टीमा खगेन्द्र सुनर, हर्क साम्पाङ, बालेन शाह, गोपी हमाल जस्ता जनताले टेष्ट गर्न बाँकी अनुहार एक ठाउँमा आउन जरुरी छ । माओवादीले जेनजीका आवाज स्वीकार्दै पार्टीमा साना ठूला भंगाला जोडेर ठूलो पार्टी बनाउँदै जनताको आवाज सुन्दैछ । कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोलेका छन् । रास्वपा छाडेर प्रधानमन्त्री शुशीला कार्कीको सल्लाहकार बनेकी सुमना श्रेष्ठ समेत त्यही जोडिइन् । कुलमानले पनि अवस्था बुझेनन् । उनको पछाडि लागेका खगेन्द्र सुनुवार दलीत मुक्ति पथमा कुदेका अनुहार हुन् । काँग्रेस र एमालेले देश बिगारे, गणतन्त्र, संघीयतामाथि दोहन गरे । दलीतमाथि अीत्याचार गरे । तर तयही दलीत जनजाति समुदायको दरिलो आड बनेको नेकपा माओवादी किन छनोटमा परेन शंका यहाँ छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल