Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले भने, गठबन्धन निरन्तर अघि बढ्छ

काठमाडौं। काँग्रेसले आफ्नो भोट माओवादीलाई नदिएको तर माओवादीको भोट उपयोग गरेको तथ्य सार्वजनिक भएपछि गठबन्धनको भविष्यमाथि प्रश्न उठेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने दाबी गरेका छन् । उनले आफूले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग सहकार्य नगर्ने पनि स्पष्ट पारेका छन् । उनले भने, अहिले यही गठबन्धन कायम रहन्छ । म अर्को गठबन्धन बनाउने पक्षमा छैन् । एमालेसँग सहकार्य हुँदैन् । हाम्रै गठबन्धनको सरकार बन्छ । निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर सरकार गठनको लागि सहकार्यको प्रस्ताव गरेका थिए । दाहालले भने निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी रहेकोले अहिले नै कुनै ठोस निर्णय नलिने भन्दै निर्वाचनको सबै परिणाम आएपछि छलफल गर्न सकिने जवाफ दिएका थिए । हिजोमात्रै दाहालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । सो भेटमा पनि सत्ता सहकार्यबारे छलफल भएको थियो । पछिल्लो समय सत्ता गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे बहस सुरु भएको छ । प्रचण्डले भने कांग्रेस ठूलो दल भएकोले स्वभाविक रुपमा कांग्रेसले नै सरकारको नेतृत्व गर्दा आपत्ति नहुने धारणा राखेका छन् । तर, आधा आधा कार्यकाल सहकार्यबारे भने पहिले नै सबै विषय टुँगो लगाउनुपर्ने दाहालको अडान छ ।


सम्बन्धित समाचार