Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड पुत्रीलाई भरतपुरमै आपत, काँग्रेस नेता बागीको तयारीमा

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल दोहोरिने निश्चित भएपछि कांग्रेसको असन्तुष्टि रोक्न जिल्ला सभापति राजेश्वर खनाल सक्रिय भएका छन् । जिल्लाको अनेक आग्रहका बाबजुद माओवादीले नै मेयर पाएपछि अब असन्तुष्टिका स्वर मत्थर पार्न सभापति राजेश्वर खनाल आफैं अग्रसर भएका छन् । हालैमात्र चौरासी गरेका बयोवृद्ध नेता कृष्णलाल सापकोटाले मेयरमा बागी उम्मेदवारी दिन कांग्रेस कार्यकर्ताहरूबीच छलफल चलाइरहेका छन् । चितवन जिल्ला विकास समितिका पूर्वसभापति तथा कांग्रेसका पहिलो पुस्ताका नेता सापकोटाले यसअघि नै भरतपुर माओवादीलाई दिइए कांग्रेस जोगाउन आफू बागी उम्मेदवार उठ्ने बताइसकेका थिए ।
नेता सापकोटाले उम्मेदारी दिनेगरी छलफल र भेला गर्न थालेपछि चितवन कांग्रेसका सभापति खनालले गठबन्धनको निर्णय पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् । खनालले भने, केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइसकेको छु । अहिले व्यस्त भएर हो विज्ञप्ति पनि निकाल्ने तयारीमा छु । गठबन्धनमा भएको सहमतिलाई र समग्र चुनावी प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरूसँग विनम्रताका साथ आग्रह गर्दछु, उनको भनाइ छ । चितवनमा गठबन्धन दलहरूबीच पालिकाको भागबण्डा पनि लगभग टुंगिएको छ । सहमतिअनुसार भरतपुर महानगरपालिका र माडी नगरपालिकाको मेयर माओवादी केन्द्रले पाएको छ । त्यस्तै राप्ती नगरपालिकाको मेयर नेकपा एसले पाउँदा इच्छाकामना गाउँपालिकासहित कालिका,खैरहनी र रत्ननगरको मेयर कांग्रेसले पाउने भएको छ । माओवादी केन्द्रले इच्छाकामना,खैरहनी र कालिका नगरपालिकको उपमेयर पाउँदा नेकपा एसले रत्ननगरको उपमेयर पाउने भएको छ । त्यस्तै कांग्रेसले भरतपुर,माडी र राप्तीको उपमेयर पाउने भएको छ ।