Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिक समिकरण परिवर्तन हुनासाथ नयाँ सरकारमा सहभागी हुन राजनीतिक दलका नेताहरू दौडधुप गर्नु अनौठो होइन । तर लगातार चर्चामा रहेर पनि अन्तिम सूचिबाट हटाइनु भने नेताहरूका लागि ठूलै कष्टको विषय हुनसक्छ । यस पटक पार्टीको तर्फबाट मन्त्रीको सूचिमा लगातार परेर अन्तिम सूचिमा नाम छुट्नेमा एमालेका सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा परेका छन् । माओवादी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफू र आफ्नो पार्टी दलित र जनजातिको हितका लागि लडेको भन्दै संसदमा इतिहास भजाइरहँदा एमालेले दलित समुदायको प्रतिनिधित्व गराउने भनेर प्रचार गरिएका छविलालको नाम छुटाएको छ । यो सरकारमा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन । महिलाको प्रतिनिधित्व एमालेबाट विद्या भट्टराई र काँग्रेसबाट आरजु देउवाले गरेका छन् । व्यापक प्रचारमा आएका काँग्रेसका चन्द्र भण्डारी र जीवन परियार यो सरकारमा मन्त्री बन्नबाट छुटेका छन् । त्यसो त शेखर पक्षको टिमबाट मन्त्रीको नेतृत्व गर्ने आशा गरेका अर्जुननरसिंह केसी समेत प्रचारमा मन्त्री बने सूचिमा अटाएनन् । यस पटक मन्त्री बनेका केही अनुहारहरू भने विवादित चरित्रका छन् । कैयौं काण्डहरूमा जोडिन जोडिन लागेपछि छानविन नै बन्द गराउने हैसियतमा रहेकी काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा परराष्ट्र मन्त्री बनाइएकी छिन् । त्यसैगरी २० औं मन्त्री बनेका लोसपाका शरदसिंह भण्डारी काँग्रेस माओवादी गठबन्धनका बेला श्रममन्त्री थिए । त्यतिबेला उनले श्रममा गरेका बेइमानीको मसी सुक्न नपाउँदै वर्तमान सरकारले फेरि उनैलाई श्रम मन्त्रालयको जिम्मेवारी दिँदा वैदेशिक रोजगार व्यवसायी र रोजगारीका लागि विदेश जाने तयारीमा रहेका युवाहरूमा निराशा बढेको छ । आफैं जलविद्युतमा लगानी गरेका निर्माण व्यवसायी समेत रहेका दिपक खड्कालाई काँग्रेसले डा. शशांक कोइरालाको कोटामा ऊर्जा मन्त्री बनाएको छ । उनले नेपाल स्काउटको लैनचौरस्थित १९ रोपनी जमिन र सो जमिनमा सडकतर्फ बनेका सटर र भवनहरू भाडामा लिएर राज्यलाई बुझाउनु पर्ने भाडा नबुझाएको कारण निवर्तमान सरकारको गृह मन्त्रालयले सो क्षेत्र तालाबन्दी गरेको छ । तर उनले त्यो ताला खुलाउने प्रयास गरेनन् । त्यसो त शिवपुरी जलाधार आयोजना क्षेत्रभित्र तारे होटल सञ्चालन गर्दा राष्ट्रिय निकुञ्ज ऐन मिचेर भवन बनाएको विषयले पनि वन मन्त्रालयमा हंगामा मच्चिएको थियो । यस्ता विवादित पात्रलाई काँग्रेसले मन्त्रीको छान्दा कसको हात माथि प¥यो र समृद्धि र सुशासनको यात्रा सफल भयो ? त्यो भने कुर्नु पर्ने अवस्था छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल