Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार लामिछानेले सदनमा सम्बोधन गर्न सभामुखसँग समय मागेका छन्।
‘आज सदनमा सम्बोधनका लागि सभापतिज्यूले सभामुखसँग समय माग्नुभएको छ,’ बुर्लाकोटीले भने।
आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव तथा ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्।
त्यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा बैठकमा जानकारी गराउनेछन्।
२०८३ भाद्र २४
ताजा नेपाल
२०८३ भाद्र २४
ताजा नेपाल
२०८३ भाद्र २४
ताजा नेपाल