Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिपक्षीलाई पेलेर अघि बढ्ने सरकारको तयारी

काठमाडौं । वर्तमान सत्ता गठबन्धनप्रति आम नागरिकमा असन्तुष्टि चुलिएको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । गत मंगलबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट हतार हतार मन्त्रालयमा तानिएका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरेसँगै गृहमन्त्री लेखक पनि विवादमा तानिएका थिए । नेपाली कांग्रेस प्रतिपक्षमा रहेका बेला प्रश्न उठेपछि राजीनामा दिनुपर्ने भाषण संसद्मा गर्ने लेखक अहिले आफ्नो हकमा भने त्यो नजिर नलाग्ने बताइरहेका छन् । बरू कर्मचारीले गरेको हिनामिना र भ्रष्टाचारमा उनैलाई कारबाही हुने तर्क उनको छ । चौतर्फी दबाब बढ्दा पनि गृहमन्त्री लेखक राजीनामा दिने निष्कर्षमा पुगे पनि कांग्रेस सभापति देउवाले उनलाई रोकेको स्रोतले उल्लेख गरेको छ । लेखकले मंगलबार माओवादी नेताहरूसँगको छलफलका क्रममा साह्रै अप्ठ्यारो पर्ने अवस्था आएमा आफू पदमा बसिरहनुपर्ने पक्षमा नरहेको बताएका थिए । बुधबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा पनि लेखक प्रकरणबारे कुनै छलफल नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । बरू उक्त बैठकमा आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्ने रणनीतिबारे दुई दलका शीर्ष नेताले छलफल गरेका थिए । यो बैठकमा संसद्‍बाटै आर्थिक सर्वेक्षण बुधबार नै ल्याउने निष्कर्ष दुई दलले निकालेका छन् । बिहीबार आर्थिक वर्ष २०८२र८३ को बजेट पनि प्रस्तुत गर्ने गरि दुई दलले तयारी थालेका छन् । यद्यपि बालुवाटारमा बुधबार बिहान भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए । बैठकमा एमालेका प्रमुख सचेतक बर्तौला पनि सहभागी थिए । गत सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा पनि सभापति देउवाले लेखकको बचाउ गरेका थिए । उक्त बैठकमा बरू लेखकको राजीनामा माग्ने नेताहरूमाथि उल्टै कारबाही चलाउनुपर्ने प्रसंग पूर्वमहामन्त्री डा शशांक कोइरालासहितले झिकेका थिए । गृहमन्त्री लेखकमाथि उठेको विषयमा भन्दा उनको राजीनामा माग्नेमाथि कारबाही गर्नुपर्ने भन्दै बूढानीलकण्ठ बैठकलाई विषयान्तर गरिएको थियो । उक्त बैठकमा लेखकको राजीनामा माग्ने डा। शेखर कोइरला तथा सांसदहरू सुनील शर्मा र राजेन्द्र बजगाईंलाई कारबाही गर्नुपर्ने माग शशांकसहितका नेताहरूले गरेका थिए । बुधबार बालुवाटारमा बसेको बैठकमा पनि गृहमन्त्रीबारे विषय प्रवेश नै नगरेको एमाले प्रमुख सचेतक बर्तौलाले बताए । कांग्रेसभित्र र बाहिरबाट पनि लेखकलाई पदबाट हटाएर छानबिनमा तान्नुपर्ने कुरा चर्को रुपमा उठिरहेको छ । तर, सत्तारुढ दुई दलले लेखकलाई पदबाट नहटाई बरू संसद्मा प्रतिपक्षीलाई पेलेर जाने रणनीति बनाएका हु्न्। देउवाले लेखकलाई हटाउन अनिच्छा देखाएसँगै यसबारे प्रधानमन्त्री पनि मौन बसेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट नेपाली युवा–युवतीहरूलाई युरोप र खाडीसहितका देशमा भिजिट भिसामा जान दिँदा दैनिक ५० लाखभन्दा बढी अवैध रकम उठाएको प्रकरणमा गृहमन्त्री लेखक मुछिएका थिए । उनले अध्यागमन कार्यालयमा खटाएका सहसचिव तीर्थराज भट्टराईलाई गत बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो । उता कांग्रेसकै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले यसबारेमा मुख नखोलेर आफूलाई तटस्थ राखिरहेका छन् । सभापतिले बचाउ गरेपछि दुई महामन्त्रीले विवाद सुरू भएको साता बित्दा पनि मुख खोल्न सकेका छैनन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितले यो कुरा उठाएपछि विवाद भएको थियो । प्रतिपक्षी दलहरूले घेरेपछि मंगलबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध भएर बुधबारसम्मलाई स्थगित गरिएको थियो । प्रतिपक्षीहरूले घेरे पनि सत्तारुढ दलले पेलेर जाने नीति बनाएका छन् । उनीहरूले अवरोध भए पनि आर्थिक सर्वेक्षण र बजेट ल्याउने तयारी गरेका हुन् । उता गृहमन्त्री लेखकले पनि कर्मचारीले बदमासी गर्दैमा आफूले राजीनामा दिनुनपर्ने कुरा बताइरहेका छन् ।


सम्बन्धित समाचार