Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिभावान डा प्रतिभा मृत भेटिइन्

काठमाडौं । नेपाल सरकारको ९औं तहमा कार्यरत ३४ वर्षीया सर्जन डाक्टर प्रतिभा धौभडेल मृत भेटिएकी छिन्। प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्। प्रहरीका अनुसार श्रीमानले तत्कालै अस्पताल लगे पनि उनको मृत्यु भइसकेको पाइएको छ। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ। डा धौभडेल धादिङ अस्पतालमा कार्यरत थिइन्। अस्पतालबाट घरायसी बिदामा उनी काठमाडौं आएकी थिइन्। काठमाडौंको छाउनीस्थित घरमा उनी मृत भेटिएकी हुन्। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर अध्ययन गरेकी हुन्। उनले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन गरेकी थिइन्। पढ्नमा अब्बल उनले रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक ल्याएकी थिइन्। भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पनि उनले प्राप्त गर्न सफल भएकी थिइन्।