Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदीपलाई लगानी, बालुवामा पानी

काठमाडौं । १२औं तहका वरिष्ठ हाकिम हुँदाहुँदै ११ औं तहका हाकिमलाई १२ औं तहको पद सुम्पेको सरकारलाई हिजो सर्वोच्च अदालतको आदेशले ठूलै झड्का दिएको छ । तत्कालिन महानिर्देशक राजुकुमार केसीको पक्षमा अदालतले फैसला दिएपछि त्यो झड्का प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन लगानी गर्ने ठेकेदाहरुसम्मलाई झस्काएको छ । पर्यटनमन्त्री प्रेम आलेले ११औं तहका प्रदीप अधिकारीलाई १२औं तहको महानिर्देशक पद सुम्पिँदा अधिकारीका विगतका बारेमा चासो राखेको भए अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको स्थितिलाई नजरअन्दाज गर्न सक्दैनथे । प्रदीप अधिकारी यस पटक महानिर्देशक बन्न सत्तापक्षका ठूला नेताका दैलो चाहार्न पछि परेनन् । उनका निम्ति ठेकेदारहरू धनबहादुर बुढा, कान्छाराम तामाङ, अच्युत खरेल र प्रकाश ढकालले आवश्यक खर्च उपलब्ध गराएको प्राधिकरणभित्र चर्चा छ ।

यी ठेकेदारहरूले प्रदीप अधिकारी हर्ताकर्ता रहेको राष्ट्रिय गौरवका आयोजनाहरूको काम गरिरहेका छन् । प्रकाश ढकालको उमा एन्ड जेभि प्रदीप अधिकारीकै हिस्सेदार कम्पनी हो । उनको नियुक्तिमा मन्त्री आलेले ठाडो प्रस्ताव गर्दा अन्य मन्त्रीहरूले आश्चर्य प्रकट गरेका थिए । प्राधिकरणभित्र वार्षिक रु ८० करोड सम्मको कन्सल्टेन्सी खर्च गरिन्छ । अधिकारी आफैं सिभिल इञ्जिनियरिङ विभाग प्रमुख रहेका थिए । त्यही कारण उनैलाई स्व. रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरूको समेत जिम्मेवारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार आयोजना, पोखरा क्षेत्रीय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम यिनै अधिकारीको नियन्त्रण र रेखदेखमा भएको थियो ।

तीन अर्ब भेरिएसन गरेर २२ अर्बको प्रोजेक्ट पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै सम्पन्न भइसकेको छैन । राष्ट्रिय गौरवका आयोकजनाहरूमा ७२ अर्ब रूपैयाँ प्रोजेक्टको रूपमा व्यवस्था गरिएको भए पनि काम भने पूर्ण भएको छैन । १ अर्ब खर्च गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि खोलाको तटबन्ध र जग्गा छुट्याउने काम भएको छ । प्रत्येक मन्त्रीलाई विमानस्थल निर्माण गर्न उक्साउने यिनै अधिकारीले मनाङ, बलेवा, डोल्पा, इलामको सुकलुङ जस्ता ठाउँमा निर्माण भएका विमानस्थलहरूबाट नियमित उडान भएका छैनन् । विमानस्थलहरू निर्माण गर्दा १५ करोड भन्दा बढी रकम प्राधिकरणले खर्च गरिरहेको छ । उनको नियुक्तिमा ठेकेदारहरूले झण्डै १५ करोड खर्च गरेको चर्चा प्राधिकरणभित्र छ ।

सो रकममध्ये मन्त्री आलेको पार्टीलाई ६ करोड, मन्त्रीलाई ५ करोड र बालुवाटारलाई ३ करोड बुझाइएको छ भने महानिर्देशक नियुक्त हुनु २ दिनअगाडि खुमलटार पुगेर आफ्नो नियुक्तिको विरोध नगरिदिनका लागि माओवादी केन्द्रका मालिकलाई रु २ करोड भेटी चढाएको चर्चा पनि कम रोचक छैन । स्मरणीय छ, नागरिक उड्डयन प्राधिकरणभित्रको निर्माणका कार्यमा नेकपा सांसद धनबहादुर बुढा, नेपाली काँग्रेसका ठेकेदार नेता कान्छाराम तामाङ, समानान्तर निर्माण सेवाका अच्युत खरेल र उमा एन्ड जेभीका प्रकाश ढकालहरूकै बोलवाला हुँदै आएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल