Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अभिनेता प्रदीप खड्काले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । चैत २ देखि ६ गतेसम्म आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैटौं संस्करणमा उनी चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन् । उनीसँगै यही चलचित्रवाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । यो फिल्ममा उनीहरुले आमा(छोराको भूमिका निभाएका थिए ।
प्रदीपले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जित्न पाउँदा खुशी लागेको जनाएका छन । उनले भने, ‘अवार्ड पाउँदा आफैंलाई अचम्म लागिरहेको छ । मैले चलचित्र गर्न थालेको ७,८ वर्ष भयो । अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ । ‘स्टार’ भनेर केही अवार्ड पाएको थिएँ । हुन त मैले ‘प्रकाश’ गर्नुको कारण कलाकारको रुपमा प्रशंसा होस् भन्ने नै थियो । अवार्ड पाउँदा हर्षित छु ।’
त्यस्तै, ‘ऐना झ्यालको पुतली’ले उत्कृष्ट फिचर चलचित्रको अवार्ड जितेको छ । यही चलचित्रवाट सुजित विडारी उत्कृष्ट निर्देशक घोषित भए भने पटकथा लेखकको अवार्ड पनि उनकै पोल्टामा पर्यो । जुरी अवार्ड पनि यही चलचित्रवाट दिनेश खत्रीले प्राप्त गरेका छन् । ५ दिनसम्म चलेको महोत्सवको समापन समारोहमा नम्रता श्रेष्ठ, प्रियंका कार्कीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
महोत्सवमा ३५ देशका ९५ चलचित्रहरु सहभागी भएका थिए भने देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका विभिन्न हलमा फिल्म प्रदर्शन गरिएको थियो । साथै, हरेक दिन विभिन्न विषयमा नेपाली तथा विदेशी चलचित्रकर्मीहरुसँग छलफल समेत चलाइएको थियो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष केपी पाठकले अघिल्ला संस्करणभन्दा यसपटकको महोत्सव भव्य भएको जानकारी दिए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल