Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेशको नयाँ राजधानीमा जग्गा किनबेच रोक्का

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै दाङका २ र अर्घाखाँचीको एक क्षेत्रमा जग्गाको कारोबार गर्न रोक लगाएको हो । मन्त्रिपरिषदको कार्यालयले मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सो क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको जनाएको हो ।
सूचनामा राप्ती गाउँपालिकाका पूरै क्षेत्र, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेचमा रोक लगाइएको जनाइएको छ । दाङको भालुवाङ प्रदेश ५ को राजधानी बनाउने निर्णय भएसँगै जग्गाको अभाव नहोस् तथा अस्वभाविक कारोबार नहोस् भनेर यस्तो निर्णय गरिएको बताइएको छ ।


सम्बन्धित समाचार