Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपूर । केन्द्रको राजनीतिक गठबन्धन पछि प्रदेशमा सरेको सत्ता फेर बदलको लडाईले प्रदेश २ को प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा जनता समाजवादी पार्टीका सांसदहरुलाई विभाजन गरिदिएको छ । जसपाका सांसद जयराम यादव प्रदेश सरकारविरुद्ध कड्किएका हुन् । उनले आफूहरु पनि जनप्रतिनिधि रहेको र जनताप्रति जिम्मेवार रहेको भन्दै प्रदेश सरकारका कारण जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताएका छन् ।
उनले संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारले अध्यादेश मोह देखाएको आरोप पनि लगाएका छन् । कोरोना महामारीकै बीच अहिले प्रदेशसभा बैठक बसेको भन्दै उनले यही बैठकलाई केही दिन अघि बोलाएर नियमित प्रक्रियाबाट सरकारले आफ्ना काम अघि बढाएको भए के हुन्थ्यो भन्ने प्रश्न पनि गरेका हुन् । समय हुँदाहुँदै पनि प्रदेश सरकार अध्यादेशबाट अघि बढेको छ । यो पनि संघीय सरकारजस्तै हो ? त्यहाँ पो प्रतिनिधिसभा विघटन भएको छ, यहाँ त प्रदेशसभा जीवितै छ नि । प्रदेशसभा जीवित रहेको अवस्थामा बैठक नबोलाएर अध्यादेश ल्याउनुको नियत के हो भन्ने उनको प्रश्न थियो । उनले निषेधाज्ञा जारी भएको यतिका दिनसम्म मजदूर वर्गले कसरी पेट पालेका छन् भन्नेबारे प्रदेश सरकारले सोधखोज नै नगरेको प्रस्ट पारे । प्रदेशमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न नसकेको, स्वास्थ्य पूर्वाधार बढाउने काम गर्न नसकेको भन्दै उनले प्रदेश सरकारको विरोध गर्न बाँकी राखेनन् । उनका अनुसार प्रदेशका जनताको समस्यालाई छाडेर मुख्यमन्त्रीज्यू संघीय सरकारको मलामी हुन आफ्नो प्रदेश छाडेर, आफ्नो जिम्मेवारीबाट पन्छिएर काठमाडौं पुग्नुहुन्छ ।
जसपाको महन्त पक्ष ओली सरकारमा सहभागी भएपछि उपेन्द्र पक्षले महन्त पक्षका दुई मन्त्रीलाई हटाइदिएको छ । राजनीतिक दलहरु एउटै मुद्दामा केन्द्रीत भएपनि सत्ता स्वार्थका निम्ति कतिखेर कोसँग गठबन्धन गर्छन् निश्चित नहुँदा जसपाको सरकार चलाएको प्रदेश २ मा पार्टी भित्रै एकले अर्कालाई कमजोर बनाउने अभियान शुरु भएको छ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल