Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेश ३ को नाम र राजधानीबारे नेकपाले दिएन निकास

हेटौंडा । प्रदेशको नाम र राजधानीको विषयमा नेकपाभित्रै सहमति जुट्न नसकेपछि प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार कार्यविधि पारित गरेर स्थगित गरिएको छ । पुस २२ गते राजधानी र नामाकारण टुंग्याउने तयारी भए पनि नेकपाभित्रै सहमति जुट्न सकेन । प्रदेशसभामा नेकपाको स्पष्ट बहुमत छ । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्न नेकपा प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । सोमबार नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल प्रस्तावक र नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले र विवेकशील नेपालीका रमेश पौड्याल समर्थक रहेको प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि बैठकमा पेश भएको थियो । उक्त कार्यविधि सर्वसम्मतिले पारित भएको छ ।
हिउँदे अबिधेशनको प्रारम्भमा बोल्दै नेकपाका संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेलले चालु अधिवेशनबाटै प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने बताए । राजधानी र नामाकरणको बिषयमा विवादित नहोऔं, उनले भने, सबैको एक मतबाटै राजधानी र नमाकरणको टुङ्गो लगाउँ भन्दा भन्दै समय गुज्रिएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी र नामाकरणको बिषय स्वागतयोग्य भए पनि प्रक्रिया गलत भएको बताए । संविधानले प्रदेशसभा सदस्यलाई दिएको अधिकारलाई पार्टी नेतृत्वबाट निर्णय हुनु गलत भन्दै उनले प्रदेश राजधानी र नामाकरणबारे नेकपा सचिवालय समितिको निर्णयको विरोध गरे । राजधानी सबैलाई घरको आँगनमा, बारीको आलीमा लैजान मन छ त्यो शैलीले हुँदैन मुलुकको लागि कहाँ आवश्यक हो त्यो सोचौं उनले भने ।
सांसद रमेश पौडेल, सुरेन्द्र राज गोसाई, रिता माझी, रिना गुरुङ र प्रेमबहादुर तामाङले प्रदेशको नाम र राजधानीको विषय नेकपाको सचिवालयले टुङ्गो लगाएर प्रदेशसभाको अधिकार अतिक्रमण गरेको भन्दै विरोध जनाए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल