Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेश ३ को राजधानी हेटौंडा, नाम वागमती

हेटौंडा । केन्द्रको हस्तक्षेपछि प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए ।
प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन । यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए ।
प्रस्तावको पक्षमा १०४ मत परेको छ भने विपक्षमा तीन । विवेकशील साझाका तीन सांसदले कांग्रेसको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेशसभाले यो प्रस्तावले बहुमतले अस्वीकृत गरेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल