Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानन्यायाधीशलाई शम्भु थापाले भने तपाईं को हो राजीनामा नदिने

नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य रहेको बताएका छन् । आइतबार बार एसोसिएशनले आयोजना गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूहरुले अहिले विनम्रतापूर्वक राजीनामा माग गरेको प्रस्ट पारे । उनले भने, ‘हामी अलि खुलेका छैनौं, प्रधानन्यायाधीशलाई बडो सम्मानपूर्वक भनेका छौं, अहिलेसम्मको भ्रष्टाचार, बेथिति, असक्षमताको जिम्मा तपाईले लिनुपर्छ । अहिले तपाईलाई नै दोष लगाएका छैनौं ।’
न्यायालय भनेको पशुपतिनाथजस्तै पवित्र संस्था रहेको उनले बताए । उनले भने, ‘न्यायालय पशुपतिनाथ जस्तै हो । त्योभित्रको तपाई प्रधानन्यायाधीश मुल भट्ट हो । मुल भट्टले पूजा गर्नुपर्ने जुन विधि, प्रक्रिया हो, त्यो अनुसार जसरी पशुपतिनाथको पूजा अर्चना गरिन्छ, तपाई ९प्रधानन्यायाधीश०ले त्यसरी न्यायालयको पूजा गर्नुभएको छैन त्यसकारण तपाईले पदबाट राजीनामा दिनुपर्छ भनेर भनेका छौं ।’
आफूहरुले प्रधानन्यायाधीशको व्यक्तिगत कुरा नगरेको पनि उनले बताए । ‘हामीले न्यायालयलाई पूजा गरिरहेका छौं । न्यायालयभित्र तपाईको भूमिका ठिक भएन भनिरहेका छौं,’ उनले भने, ‘तपाई प्रधानन्यायाधीश एक वर्ष बस्नुहुन्छ रु आफ्नो कार्यकालभरि बस्नु हुन्छ रु तपाईको कार्यकालभरि नेपाल बारले कार्यक्रम गर्छ, नेपाल बार फर्किदैन ।’
प्रधानन्यायाधीश जबराले न्यायालयमा विद्यमान दुषित प्रक्रियालाई बन्द गर्न नसकेको र सधैँभरि त्यसलाई टार्ने हिसाबबाट अघि बढेको वरिष्ठ अधिवक्ता थापाको आरोप छ । ‘इजलासमा म बस्दिनँ भनेर प्रधानन्यायाधीशले घोषणा गरेको मुद्दासम्म सुनुवाइमा राख्न सक्दैनन् भने यी प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनुपर्ने कुरा छैन,’ उनले भने ।