Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीका अगाडि रविको गुनासो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग रास्वपा सभापति रवि लामिछानेको पहिलो भेटमा आइतबार दुई घन्टा छलफल भएको छ । पार्टीका शीर्ष नेताहरु लिएर गएका लामिछानेले निर्वाचनको तयारी ढुक्कसँग गर्न र जेनजीसँगको सम्झौता कार्यान्वयनमा ढृढ रहन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन् । उनले अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा गरेको अन्याय नदोहोर्‍याउन सरकारलाई पार्टीको तर्फबाट ध्यानाकर्षण गराएका छन् । बैठकमा सहभागी रास्वपा नेतृ सोविता गौतमले सभापति लामिछानेले प्रधानमन्त्रीसँगको भेटमा निर्वाचनकै विषयमा सरकारलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको जनाएकी छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भनिन्–‘सभापतिको प्रधानमन्त्री कार्कीसँग पहिलो भेट थियो, यो भेटमा यसअघिका सरकारले गरेको राजनीतिक प्रतिशोधलाई करेक्सन गर्न आग्रह गर्ने थियो तर त्यो भन्दा बढी प्राथमिकता निर्वाचन लक्षित धेरै छलफल भयो र सरकारलाई निर्वाचन हुन्छ भन्ने ढुक्कसँग अघि बढ्न र तयारी गर्न आग्रह भयो, हामी त्यही आधारमा हामी अघि बढेका छौं । हामीले साथ दिनेछौं भनेर सभापतिज्यूले प्रष्टसँग राख्नुभयो । भेटमा पारिवारिक राजनीतिक रुपमा छलफल गर्ने भनिए पनि औपचारिक कुराहरु नै बढी भएको गौतमले बताइन् । उनले फागुन २१ को निर्वाचनको तयारीका विषयमा छलफल भएको बताइन् । अब राजनीतिक संवाद निरन्तर हुन्छ नै । औपचारिक हिसाबले अध्यक्षमा फिर्ता भएपछिको पहिलो वार्ता थियो, उनले भनिन्, कानुनी पाटोमा पनि हामी अघि बढ्छौं, यसअघिका सार्वजनिक मन्च र औपचारिक रुपमा भनेका छौं । विगतको सरकारले कुन हदसम्म राजनीतिक प्रतिशोध गरेको थियो, अधिक अभियोजन गरेर चाहिनेभन्दा बढी गरेर बढी पावर प्रयोग गरेकाले त्यसलाई सच्याउन हामीले आग्रह गरेका हौं । प्रधानमन्त्री यो विषयमा प्रष्ट हुनुहुन्छ, अदालती प्रकृया त आफ्नो ठाउँमा छँदैछ शक्तिको आडमा गरिएका अभियोजनबारे हामीले आग्रह गरेका छौं । बैठकमा सभापति लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गर्दै सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका थिए । उनले फागुन २१ गते हुने प्रतिनिध सभा निर्वाचनको तयारी तीव्र बनाउन पनि आग्रह गरे । उनले निर्वाचनका लागि राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्न, अध्यादेशमार्फत आवश्यक कानुन ल्याउन र निर्वाचन आयोगलाई आवश्यक पर्ने सरसामग्रीको तत्काल व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनमा केन्द्रित रहेको र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन् । उनले निर्वाचन बिथोल्न वा सार्न खोज्नेहरू सक्रिय हुनसक्ने भन्दै दलहरूले पनि सबै ध्यान निर्वाचनमै केन्द्रित गर्नुपर्ने बताइन् । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटारमा आइतबार राति ८ बजेदेखि भएको वार्ता १० बजे सकिएको थियो । सभापति लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेसँगै बालुवाटार पुगेका थिए । सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका उनी आज साँझ प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो । रिहापछि आजै पार्टी कार्यालय गएका उनले वर्तामान भेटमा उनले सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापतिद्वय अर्याल र वाग्लेसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, सोवितालगायत भेटमा सहभागी भएका थिए ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल