Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी स्थापनाको चौथो वर्ष प्रवेश गरेकै दिन चितवनमा आयोजित पहिलो महाधिवेशनले नेतृत्व छानेपछि बल्ल रास्वपाले पार्टीको रुप लिँदैछ । जन्मदैका रास्वपाका त्यहाँ थोरै छन् । धेरै पुरानो सत्ताको स्वार्थमा चुर्लुम्म डुबेर निरन्तर अवसर खोज्दा नपाएकाहरू नै छन् । यो अधिवेशनमा रास्वपा १८२ सीटसहितको दुई तिहाई शक्तिका रुपमा छन् । कानुन बदल्न हिजोको नपुग विषय थपथाप गर्ने काममा संसदका पुरानालाई साथ लिएर अगाडि बढ्न सकेको खण्डमा जान्नेलाई छान्नेहरूको चित्त बुझ्ला । तर प्रधानमन्त्रीको पारा संसदमा समेत चित्तबुझ्दो छैन । जसलाई पार्टीको विधि, प्रक्रिया, कार्यक्रम जस्ता कुराको चासो पनि छैन । चिन्ता पनि हुँदैन ।
यो देश काँग्रेस, एमालेले बिगारे भनेर उम्कन मिल्दैन । काँग्रेस, एमाले फरक धार फरक विचारको भए पनि पद र कुर्सीका लागि एउटै शरीर थिए । कताकति माओवादी पनि जोडिएको थियो । त्यही कारण पुरानाको नाउ लिँदा माओवादी प¥यो । तर एजेन्डा काँग्रेस, एमालेका होइनन् । जसको एजेन्डा र कार्यक्रम त्यसले शासन गर्न पाएन । आज रास्वपा पनि आफ्नो एजेन्डामा छैन । पार्टी नयाँ अनुहार हिजोका असफलहरूकै भिडबाट छानिएका छन् । तर अपेक्षा पदीय दायित्व रास्वपाको पछि लागेकाहरूले खोजेका छन् । पुराना विरुद्धको विद्रोह विवेकशील साझा पार्टीले महानगरको नेतृत्व लिन देखाएको अग्रसरताले २०७९ को चुनावमा बालेन्द्र शाहको लौरोले ठाउँ पाएको हो । यथास्थितिवादको विरुद्धमा हुने विद्रोहको पछिल्लो पटक रास्वपाले नेतृत्व गर्दा जनताले साथ दिएको हो । तर यो पार्टीमा बालेन्द्रको अराजकता टिक्ने स्थिति छैन । किनकि संविधान, संसदीय अभ्यास, कानुनको ख्याल नगर्दा बदनाम पार्टी हुन्छ व्यक्ति उम्कन्छ ।
रास्वपालाई असफल हुने छैट छैन, किनकि उसको दुई तिहाई छ । प्रशासन, प्राध्यापक, शिक्षक, पत्रकार, न्याायलय कुटनीतिज्ञ जस्ता ठाउँमा एकै पटक प्रहार गर्ने आँट त्यही जनबल हो । पुराना कुरा तोड्ने भन्दैमा कानुनले बन्देज लगाउन नसकेको संगठन गर्ने अधिकार देखिने ठाउँमा खोसिएला व्यवहारमा त्यो सम्भव छैन । हिजोका पुरानाबाट फाइदा लिएकाहरू नै रास्वपामा धेरै छन् ।
आर्थिक रुपमा यी स्वच्छ निट एन्ड क्लिन छैनन् । संसदमा उत्साह नहुँदा छलफलको क्रममा विपक्षी मात्र होइनन् सत्तापक्ष पनि आक्रामक भएको देखियो । देशमा भ्रष्टाचारीको संरक्षण गर्नेहरू नै हिजोका नाइके हुन्, जसले समृद्धि र विकास मात्र देखे, राहदानी छपाई, राष्ट्रिय परिचयत्रप, इम्बोस्ड नम्बर प्लेट जस्ता धन्दाको छानविन भएन । किनकि त्यहाँ सत्ताकै वरपरका जोडिएका थिए । आज देशको विकास रास्वपाबाट अपेक्षा गर्दा बजेटको खण्डीकरण र विभेदीकरणले स्वार्थ देखाउँछ । अख्तियार, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय सतर्कता केन्द्र जस्ता संस्था हिजो केपी ओलीले चलाउँथे, आफू र आफ्नाको संरक्षण गर्ने अरुलाई दुःख दिने ओली पथ आज पार्टीमा समेत विवादित छ भने जनताले एमालेलाई धन्क्याएको छ । अब पनि पुरानाकै शिकोमा पद र कुर्सीमा लड्ने हो भने रास्वपा नयाँ जोश र जाँगरको मुल्ला बन्दैन । किनकि आर्थिक विवादमा यी सबै फसेका छन् । रविमाथिको अत्याचार त पूर्वाग्रह केन्द्रीत थियो । सहकारी ठगीमा एमाले काँग्रेस उम्कने, रवि फस्ने कुरा कानुन सम्वत थिएन । सरकारलाई चलाउने पार्टी र त्यसका योजना छन् । आज रास्वपाको योजनामा देश चलेको छ । तर मन्त्री र सांसदहरूले सम्पत्ति सार्वजनिक गर्दा कानुनी मर्यादा विधिको शासनलाई स्वीकार गरेका छैनन् । आफू नबाँधिने अरुलाई बाँध्न खोज्ने कुरा हुँदैन । कानुन सबैलाई बराबर लाग्ने हो । त्यसको संरक्षण गर्ने राज्य सञ्चालकहरूले हो । रविलाई त्यो थाहा छ । उनका कुरा प्रधानमन्त्रीले सहज रुपमा लिँदैनन । प्रधानमन्त्रीको झ्याङ्लो निर्णय हुन्छ ¥याप गाएर प्रधानमन्त्री कार्यालयबाट संसद छलेर कुद्ने होइन ।
२०८३ असार १०
ताजा नेपाल
२०८३ असार १०
ताजा नेपाल
२०८३ असार १०
ताजा नेपाल