Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको घोषणा महाप्रबन्धकले लत्याए

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल प्रवेश गर्ने पर्यटकहरुको प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि दुर्गन्धित भएको कुरा विदेशी आगन्तुकले मात्र होइन पयटनमन्त्री योगेश भट्टराईले समेत महसुस गरे । कुनै ठाउँको सुधार शौचालयबाट गरिन्छ । प्रधानमन्त्री केपी ओलीको बुटिक एयरपोर्टको अवधारणालाई बेवास्ता गर्ने आँट महाप्रबन्धक देवेन्द्र केसी र उनको टिमले कसरी ग¥यो ? नागरिक उड्डयन प्राधिकरणका महानिर्देहशक राजन पोखरेल भ्रष्टाचारीहरुको सेवक र संरक्षितभ एका छन् । स्व. रविन्द्र अधिकारीले प्रधानमन्त्रीको चाहनाको बुटिक एयरपोर्ट निर्माणमा दिनरात पनि भनेनन् बिदाको दिन पनि भनेनन् ।

प्राधिकरणका तत्कालिन महानिर्देशक सञ्जीव गौतमको बारम्बार धतुरो झारेको राजन पोखरेलको समूहलालाई थाहा छ । व्यापारीहरुको रोजाईको पाटो एकातिर छ । हाकिमहरुको कमाई जोड अर्कोतिर छ । पोखरेल आफूभन्दा वरिष्ठहरुलाई लतारेर सञ्जिव गौतम गिरोहको डिजाइनमा प्राधिकरणको महानिर्देशक त भए तर क्षमता देखाउन सकेनन् । काँग्रेसी नेता उनी झारा टार्ने समय बिताउने दाउमा छन् । आम्दानीमा लुट मच्चाउन देवेन्द्र र विष्णु मरासिनी कसरी लागे त्यसको निगरानी समेत भएको छैन ।

बुटिक एयरपोर्ट के हो भन्ने महाप्रबन्धक देवेन्द्र केसी प्रधानमन्त्रीकै योजना विरद्ध लागेका छन् । अहिले राजनले सबैको अधिकार खोस्दै केन्द्रीकृत गरेका छन् । लुम्बिनी एयरपोर्ट छ महिनासम्म बन्ने छाँट छैन तर महानिर्देशक पोखरेलको ध्यान एयरपोर्टको चासो लिन्छन् भएका एयरपोर्टको मर्मत सम्हारमा चासो दिँदैनन् । नयाँ भन्नासाथ ठूलो कमिशन त पर्छ विभागीय मन्त्री योगेश भट्टराई भ्रमण वष्र्डा प्रचारमा व्यस्त छन् । उनले विमानस्थलको निरीक्षण गर्नए भ्याएका छैनन् । कविता लेख्ने कविलाई भ्रमण वर्षको बेला एयरपोर्ट पठाएर पर्यटकहरुलाई नेपाल प्रवेश गर्नासाथ कविता सुनाउनकै लागि जिम्मा दिएको हो कि ? प्रधानमन्त्रीको चाहनाअनुसारको बुटिक एयरपोर्टको निर्माण पूरा गर्न एयरपोर्ट पठाइएको हो ? कर्मचारीहरु नै अन्योलमा छन् ।

प्राधिकरणले भएका एयरपोर्टहरुको सुधारतर्फ ध्यान दिएको छैन । आईकाओको निर्देशनमा प्राधिकरण विभाजित गराइँदैछ । जिम्मेवार प्राविधिकहरु कहाँबाट पैसा झर्छ त्यसमै केन्द्रीत छन् । उड्डयन र नियामन एउटै संस्था हुँदैन भन्ने कुरा अलिहे आएको होइन । कर्मचारीसँग समन्वय नगरी राजन गिरोह सञ्जिव गौतमको डिजाइनमा रमाउँदा एयरपोर्टको महाप्रबन्धक केसीले प्रधानमन्त्रीको घोषणालाई ल्यत्याएका छन् । यतातर्फ मन्त्री भट्टराईको ध्यान खोई ?


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल