Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको चेतावनीले सिंहदरबारमा खैलाबैला

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको चौतर्फी दबाव झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिनै असक्षम मन्त्रीहरुलाई गृहकार्य थपेर परिणम देखाउन समय सिमा तोकेपछि मन्त्रीहरुको दौडधूप शुरु भएकोछ ।
मन्त्रालय मातहतका योजनाहरु समयमा नै काम गर्ने गरी अर्थात रिजल्ट देखिने गरी कार्ययोजना बनाउन मन्त्रीहरुले ठूलै स्वरमा कर्मचारीहरुलाई निर्देशन दिन थालेका छन् ।

कृषि विकास तथा पशुपन्छि मन्त्रालयमा बिहीबार वार्षिक प्रगति समिक्षा कार्यक्रम थियो। कृषि मन्त्रालय मातहतका निकायका प्रतिनिधि तथा कृषि मन्त्रालयका कर्मचारीहरु उपस्थित उक्त कार्यक्रममा मन्त्री चक्रपाणी खनालले कर्मचारीलाई आफ्नो तिक्तता पोखेका थिए। कालिमाटी फलफुल तथा तरकारी विकास बोर्ड खारेज गर्नु पर्ने जिकिर उनले गरे। यसले कुनै पनि ठोस काम नगरेको उनले बताए।
त्यस्तै उनले पछिल्लो सयम रासायनिक मल खरिद प्रक्रियामा पनि मन्त्रालय मातहका कमचारीहरुले ठूलै चलखेल गरेको बताए। उनले चलखेलकै कारण मल अभावको समस्या खेप्न परेको जिकिर पनि गरे। त्यसैगरि चालू आर्थिक वर्षमा गर्न सकिने धेरै काम

मन्त्रालयले नगरेको भन्दै उनले त्यसको दोषी मन्त्रालयका पदाधिकारीहरु नै रहेको बताए।
यसैगरी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समेत बिहीबार नै वार्षिक प्रगति समिक्षा कार्यक्रम थियो। बैठकमा उmर्जा मन्त्री वर्षमान पुनले परिणाम आउने गरी काम नगरे कसैसँँग पनि सम्झौता नगर्ने चेतावनी दिएका छन्। उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए। मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारेका छन्।

उनले हरेक महिना मन्त्रालयमा समीक्षा वैठक राखेर कामको प्रगती विवरण लिने घोषणा समेत गरे। चिनेका साथी भाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ। परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ, मन्त्री पुनले भने।
त्यसैगरी बिहीबार नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको हलसम्मको विवरण सार्वजनिक गर्ने कार्यक्रम थियो। कार्यक्रममा मन्त्री गोकर्ण विष्टले सबैले सही नियतले काम गरे मात्रै देश अघि बढ्ने बताए। कुनै एकजना मात्रै देशलाई विकास र निकास दिन नसक्ने भन्दै उनले मनैदेखि देशलाई माया गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले कर्मचारीलाई मात्रै नभएर पत्रकारलाई समेत देशलाई मुटु भित्र राखेर लेख्न आग्रह गरे।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको आलोचनाका विषयलाई पनि उठान गरेका थिए। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको फोटो र समाचार जसरी आयो यर्थाथ फरक रहेको उनको भनाई थियो।