Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पीसीआरको शुल्क, किन हुँदैन निःशुल्क ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई पीसीआर शुल्क घटाउन निर्देशन दिनुभएको थियो । निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै प्रधानमन्त्रीले निर्देशन दिनुभए लगत्तै शुल्क घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजैदेखि लागू हुनेगरी सरकारीमा दुई सय र निजी ल्याबमा पाँच सय रुपैयाँ शुल्क घटाउने निर्णय गरेको हो । अब सरकारी अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क पीसीआर परीक्षण हुनेछ भने परीक्षणमात्रै गर्नेलाई ८ सय रुपियाँ लिइने छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको शुल्क एक हजार रुपियाँ लाग्दै आएको थियो । त्यसैगरी निजी अस्पताल तथा ल्याबले १५ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निनीतर्फ पीसीआर परीक्षणको शुल्क २ हजार रुपियाँ थियो । जनतालाई निःशुल्क उपलब्ध गराउनु पर्ने पिसिआर परीक्षणका विषयमा किन सरकारले सोच्दैन ?