Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनको नियुक्ति एक साता पहिले नै भएको भएपनि सामाजिक सञ्जालमा भर्खर मात्रै कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिन थालेका छन् । विगतदेखि नै देउवाको सहयोगी रहेका भानुको नियुक्ति सामान्य प्रक्रिया भन्दै प्रधानमन्त्री कार्यालयले चर्चामा नल्याएको हो । देउवा यसअघि प्रधानमन्त्री हुँदा पनि भानु नै प्रमुख स्वकीय सचिव रहेका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन भने अझै केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्रीका सल्लाहकारहरुको नियुक्ति भने मन्त्रिपरिषद विस्तारपछि मात्रै हुने जनाइएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल