Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु

काठमाडौं । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहले जानकारी दिएकी छिन् ।
रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आइतवार र अझ केही दिन निरन्तर रहने बताइएको छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ ।
प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए । यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते मात्रै स्वदेश फर्किएका थिए ।
केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि प्रधानमन्त्री मिर्गौलाको क्षमता अभिवृद्धिका लागि पुनः सिङ्गापुर गएका हुन् ।
प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् ।


सम्बन्धित समाचार