Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् ।
पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा आफू पनि जान पाएको भए अझ बढी धुमधाम हुन्थ्यो होला भने । ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो ।’ त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने ठट्टागर्दा सहभागीहरु दङग परे।
माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै उनले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने घोषणासमेत गरेका छन् । आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गरे । आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै उनले अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलिले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने आश्वासनसमेत दिएका हुन् ।
‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस, धेरै नसकौंला, गच्छेअनुसार सहयोग गर्छ,’ ओलीले भनेका थिए ।
केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपाल गरिब देश भएको भन्दै राज्यबाट सहयोग नपाएको बताएका थिए ।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । हिउँदयाममा विश्वको दोस्रो अग्लो माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु आज काठमाडौं फर्किएका हुन् ।
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल