Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको सबै रिपोर्ट सामान्य

काठमाडौं । बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ, सचिवालयले बुधबार दिउँसो उनको स्वास्थ्यबारे जानकारी गराउँदै भनेको छ, उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन्। बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारदेखि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ।