Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको स्वास्थ्य उपचार अझै १० दिन लाग्ने

काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । उपचारका लागि गत विहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारबाटै उपचार थालिएको बताइएको छ। प्रधानमन्त्री ओलीका साथ सिंगापुर गएकी निजी चिकित्सक डा दिव्या सिंह शाहले उनको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा शुक्रबारबाटै उपचार सुरु थालिएको छ । हाल उहाँका स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीको उपचार अझै १० दिनसम्म हुनसक्ने जानकारी दिएका छन् ।

यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री मिर्गौलाको क्षमता वृद्धिका लागि पुनः सिङ्गापुर गएका हुन् ।


सम्बन्धित समाचार