Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुध्रियो

काठमाडौं । बजार हल्लालाई असत्य सावित गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वाथ्य लाभ गरेर आगामी शुक्रबार स्वदेश फर्किने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि स्वदेश फर्किने बताएका हुन् । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका थिए ।
भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका थिए ।
आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको नेम्वाङले बताए । विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा यसअघि प्रधानमन्त्रीसहित नेकपा र कांग्रेस नेताहरुबीचको सहमतिअनुसार नै अघि बढिरहेको जानकारी आफूले गराएको उनले बताए । अन्य विधेयकहरु पनि सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइएको र कुनै चिन्ता नलिन आफूले प्रधानमन्त्रीलाई भनेको नेम्वाङको भनाइ छ ।