Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट हटाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । मंगलबार एपेन्डिसाइटिसको अपरेशन गरिएपछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बुधबार सामान्य सुधार देखिएको छ भने भेन्टिलेटर समेत हटाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्यमा सुधार भइरहेको र अपरेशनका क्रममा बेहोस बनाउन एनेस्थेसिया दिदा राखिएको भेन्टिलेटर समेत हटाइएको जानकारी दिएका छन् ।

मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई बोल्न र अरुसँग भेट गर्न दिइएको छैन ।


सम्बन्धित समाचार