Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले फेरि झिके बखेडा

काठमाडौँ । आफू सरकारको जिम्मेवारीमा रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको जिम्मेवारी सुम्पिएको एक हप्ता बित्न नपाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गरेका छन् । हालैको नेकपा सचिवालय बैठकले ओली र प्रचण्डलाई समान वरियता दिँदै प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको भनिएपनि ओलीले यस्तो दावी गरेका हुन् । उनले पार्टी अध्यक्ष कार्यकारी नै हुने भन्दै कहिले आफू र कहिले प्रचण्डले बैठकको अध्यक्षता गर्ने पनि बताएका छन् । शनिबार राति कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायर साइडलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विगतमा सरकारको नेतृत्व आधा–आधा गर्ने भनिए पनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी बनेको बताए । त्यसका लागि पार्टीमा बढी फोकस प्रचण्ड हुने गरी समझदारी गरेको ओलीको भनाइ थियो ।
उनले अहिलेको सन्दर्भमा स्थायित्व अति आवश्यक रहेको बताउँदै उनले अगाडि भने, पाँच वर्षसम्म प्रधानमन्त्री नफर्ने निष्कर्षमा हामी पुग्यौँ । मैले प्रधानमन्त्रीको काममा केन्द्रीत हुने ठानेँ । सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि प्रचण्डजीले मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो । यस्तै समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँग छलफल गरेरै मन्त्रालय परिवर्तन गरेको पनि प्रधानमन्त्रीले दावी गरे ।


सम्बन्धित समाचार