Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ५ बजेका लागि बैठक बोलाएको युवा तथा खेलकुद मन्त्री दावा तामाङ जानकारी दिए । बैठकको एजेण्डा बारेमा भने केही पनि नबताइएको उनले बताए । बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ । गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो । त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रतिनिधिसभा बैठक बेलाउने विषयमा छलफल भएको बुझिएको छ।