Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतवार बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
ग्राण्डी अस्पतालमा दुई दिन उपचार गरेर फर्किएपछि आराम गरिरहेका प्रधानन्त्री ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्यका बारेमा व्रिफिङ गर्ने छन् । यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचार बारेमा व्रिफिङ गरेका थिए ।
आजै नेकपाको सचिवाल बैठक पनि बस्ने र उपनिर्वाचनाका लागि उम्मेदवार टुंगो लगाउने तय भएको थियो । शनिवार बसेको बैठकले उम्मेदवारको टुंगो नलगाएका कारण आज बस्ने बैठकले यसबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । तर सचिबालय बैठकको समय भने तय भइसकेको छैन ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल