Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले भने मैले किन राजीनामा दिने ?

काठमाडौं । आफूले राजीनामा दिए मुलुक बर्बादीमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको बताए। सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पर्यो भनेर तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ, प्रधामन्त्रीले भने । अहिले आफूले राजीनामा दिन नमिल्ने पनि उनले बताए।

अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन। जनताको आवश्यकताले आफू प्रधानमन्त्री भएको पनि उनले बताएका छन्। उनले स्थिरताका लागि आफूले काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने प्रधानमन्त्रीको भनाइ छ। सत्तारुढ नेकपा भित्र अहिले प्रधानमन्त्री ओली अल्पमतमा छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँमा उभिएपछि ओली पार्टीको केन्द्रीय समिति, स्थायी समिति र सचिवालयमा समेत अल्पतमा परेका छन्। उनले केहि दिन अघि मात्र प्रचण्डसँगको भेटमा पार्टी अलग अलग बनाउन प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए। ओली र प्रचण्डको दुरि बढिरहँदा नेकपा भित्र प्रधानमन्त्री ओली विरुद्ध पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव आउने अड्कलबाजी चलिरहेको छ।


सम्बन्धित समाचार