Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले भोली शुक्रबार संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेका हुन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।

शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्रीले समसामयिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ, बर्तौलाले भने, मुलुकका विकसित राजनीति र मुलुकको अवस्थाबारे प्रधानमन्त्रीले संसद्‌मार्फत जानकारी दिँदै हुनुहुन्छ ।


सम्बन्धित समाचार

दाइजोमा सुनको सिक्री नपाएपछि…..

२०८२ बैशाख ११

ताजा नेपाल

एमसीसी बन्द गर्ने इलोन मस्कको निर्णय

२०८२ बैशाख ११

ताजा नेपाल