Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन बल्ल तयार भए देउवा

काठमाडौं । जोखाना हेरेर बसेको नेपाली काँग्रेस बल्ल सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहमत भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि र जसपा, नेपालले पनि अविश्वासको प्रस्ताव ल्याउनको लागि सहयोग गर्ने भनेर लिखित सहमति गरे आफू अघि बढ्ने तयारी गरेका छन् । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएका छन् । जसपाले लिखित रुपमा नै मलाई ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक/दुई दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताईसकेका छन् । तर, समर्थन फिर्ता लिन भने माओवादी केन्द्रले ठोस निर्णय लिन सकेको छैन् । हिजोमात्रै प्रज्ञा भवनको डबलीमा आयोजित बृहत्त नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब आफूले धेरै नकुर्ने बताउँदै एकरदुई दिनभित्रै समर्थन फिर्ता लिने घोषणा गरेका छन् । यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अहिलेसम्म सरकारको नेतृत्व लिनेगरि अग्रसर भएको छैन् ।

सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिनको लागि कुनै पहल नगरेको र गम्भीर नभएको कुरा पार्टीभित्रैबाट गुनासो भैरहेको छ । कतिपय नेताले प्रधानमन्त्री ओलीसँग सभापति देउवाको अघोषित साँठगाँठ रहेको समेत आरोप लगाउन थालेका छन् । प्रधानमन्त्री ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने बरु संसदबाट विश्वासको मत लिने जनाईसकेका छन् । पछिल्लो समय कांग्रेस सभापति देउवाले आफू अविश्वासको प्रस्ताव लैजानको लागि तयार रहेको तर त्यसको लागि माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने र अविश्वासको प्रस्तावमा समर्थन गर्ने भनेर जसपा नेपालले लिखित रुपमै सहमति गर्नुपर्ने भनाई राखेका छन् । सभापति देउवा हिजो र र आज लगातार आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा आफू सरकारको नेतृत्व लिन तयार रहेको कुरा बताएको छ ।