Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार

काठमाडौं । पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आज ठोस खानेकुरा खुवाउने तयारी भएको छ । बुधबार रातभर ओलीको स्वास्थ्यमा धेरै सुधार भएको र आज केहिबेर हिँडाउने तयारी रहेको चिकित्सकहरुले बताएका छन् । यसबीचमा उनको मिर्गौलाको डायलासिस पनि गरिएको छ । प्रधानमन्त्री ओली उपचाररत महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठे प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएका थिए । विज्ञप्तिमा भनिएको छ, मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानी छ ।


सम्बन्धित समाचार