Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर अतिरञ्जित गरिएको भन्दै जवाफ दिएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले आफूलाई रुघाखोकी लागेकाले स्वास्थ्यलाभ लिइरहेको बताए। आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा भेन्टिलेटर, आइसियुमा रहेको तस्विर सार्वजनिक भइरहेको उल्लेख गरे। त्यस्तो गर्नेलाई जवाफ दिए, जे आशले मलाई आइसियुमा राखेको देखाउँछन्, त्यो पुग्नेवाला छैन। आफू केही दिनदेखि अस्वस्थ रहेको बताउँदै रुघाखोकी लागेको बताए। त्यसका लागि एन्टिबायोटिक प्रयोग गर्दा केही कमजोर महशुस भइरहेको बताए। उनले थपे, मेरो स्वास्थ्य राम्रो छैन । रुघाखोकी लागेको छ। हाछ्यु गरेको देखेर भेन्टिलेटर लगाएको फोटो हालिरहेका छन्। तपाईंहरुले देख्नुभयो होला, सुन्नुभयो होला । मलाई रुघा लागेको थियो।
२०८१ माघ १५
ताजा नेपाल
२०८१ माघ १५
ताजा नेपाल
२०८१ माघ १५
ताजा नेपाल