Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् । समारोह पोखरा महानगरपालिका– ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा। अजय थापाले जानकारी दिए । पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य दिने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार