Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री ओली सोमबार दाङको सिहनिया–गढवा जोड्ने पुलको उद्घाटन गर्न त्यहाँ पुगे । उनले भालुवाङमा भएको जनसभालाई सम्बोधन पनि गरे । उनी त्यहाँबाट फर्किँदा केहीबेर भैरहवा विमानस्थलको निरिक्षण गरे ।
प्रधानमन्त्री ओली पछिल्लो समय देशका साना ठुला कार्यक्रममा पुगिरहेका छन् । तर पछिल्लो १० महिना यता मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार गएका छैनन् । तर पछिल्लो समयमा ओली दैनिक जसो विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
उनी सिंहदरबार नगएको कार्यव्यस्तताले होइन उनी केही न केही बेस्तता देखाएर जादैनथे । संसद् विघटनपछि ओली कोठे कार्यक्रममा मात्रै होइन आमसभामा पनि लगातार सहभागी हुन थालेका छन् । उनले देशलाई सरकारी निवास बालुवाटारबाटै चलाइरहेका छन् ।
प्रधानमन्त्री ओली अन्तिम पटक चैत २० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार गएका थिए । चैत २० गते कोरोना भाइरसपछि उत्पन्न परिस्थितिका बारेमा सार्क राष्ट्र प्रमुखहरूबीच भिडिओ कन्फरेन्स भएको थियो । त्यसबाहेक ओलीले चैत २९ गते सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स गरेका थिए । तर वैशाखयता प्रधानमन्त्री ओली सिंहदरबार गएका छैनन् ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई कोरोनाभाइरसको महामारीका कारण सिंहदरबारमा पहिलेभन्दा कम गएको बताउँछन् । प्रधानमन्त्री सिंहदरबार नजाँदा मन्त्रीहरु ‘रिपोर्टिङ’ गर्न निवासमै पुग्ने गरेका थिए । प्रशासनिक कामका फाइल पनि प्रधानमन्त्रीको निवासमै पुर्याफउने गरिएको छ ।
सिंहदरबार जान छाडेका प्रधानमन्त्री ओली संसद विघटनपछि देश दौडाहमा भने निकै सक्रिय छन् । उनी पूर्वदेखि पश्चिमसम्मका हरेक कार्यक्रममा पुग्ने गरेका छन् । ओलीनिकटहरुले सिंहदरबारमा स्वास्थ्यका कारण नगएको दाबी गर्दै आएका छन् । स्वयम् ओली सरकारका मन्त्रीहरुलाई यो कुरा मन परेको छैन । एक मन्त्रीले प्रधानमन्त्री पनि दैनिक सिंहरदबारमा आएमा कार्य सञ्चालन सहज हुने बताउँछन् ।
प्रधानमन्त्री सिंहदरबारमा नगइकन बालुवाटारबाटै शासन चलाउनुलाई बलमिच्याँइको संज्ञा दिन्छन् पूर्वमुख्यसचिव डा।विमल कोइराला । उनी भन्छन्,“प्रधानमन्त्री नै अनुशासित नभएपछि त्यसको असर मन्त्रीहरुमा पनि देखिन्छ । उनीहरु पनि समयमै कार्यालय नजाने बानीको विकास हुन्छ । यसको असर प्रशासनिक संयन्त्रमा पनि पर्छ । शासन व्यवस्थामा पनि असर पर्छ ।”
कर्मचारीले फाइल बोकेर प्रधानमन्त्री निवास जाँदा समय बर्बादी हुनुको साथै उनीहरुको मनोबल समेत कमजोर हुने पूर्वमुख्यसचिव कोइरालाको तर्क छ । बालुवाटारमै प्रधानमन्त्री रहँदा आम नागरिकको पहुँच पनि प्रधानमन्त्रीसँग नहुने कोइरालाको बुझाइ छ । देशलाई स्थीर रुपमा चलाउन नियमित मन्त्री परिसदको बैठक बस्नु जरुरी देखिन्छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल