Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री पत्नी सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। पेट दुख्ने समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेकी काफ्लेको बिहीबार शल्यक्रिया गरिएको हो।

अचानक पेट दुखेपछि अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएको थियो। समस्या पहिचान भएपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया गरेका हुन्।

अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकारको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले बिहीबार बिहान शल्यक्रिया गरेको हो।

उनका अनुसार पेट दुख्ने समस्या लिएर उपचारका लागि आएकी काफ्लेको जाँच गर्दा एपेन्डिसाइटिस देखिएपछि अपरेसन गरिएको थियो।

शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। शल्यक्रियापछि उनलाई अस्पतालको वार्डमा सारिएको छ।