Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन् ।

यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ ।

सरकारले केही गरेन भन्नेहरुलाई आउँदा दिनमा काम गरेर जवाफ दिने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, प्रमाणित गर्न सकिन भने प्रधानमन्त्री पद मेरो लागि औचित्यहिन हुनेछ ।