Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे झलनाथ

काठमाडौं । सत्ता गठबन्धनमा खटपट उत्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका छन् । बालुवाटारमा प्रधानमन्त्री र खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो । नेकपा एकीकृत समाजवादीको निर्णयले सुदूरपश्चिमसहित समग्र गठबन्धनमा समस्या निम्तिएको बेला दुई नेताबीच भेटवार्ता भएको हो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीसँग भएको सहमतिबिपरीत नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेपछि सत्ता समीकरणमा धाँजा परेको छ । राष्ट्रियसभाको उपाध्यक्ष र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिने सहमति भएको थियो । तर राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाइसकेको छ । सुदूरपश्चिमको मुख्यमन्त्री पनि नाउपालाई दिने भएपछि नेकपा समाजवादीले कांग्रेससहितको गठबन्धनका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्न लागेको छ । नाउपाकै लक्ष्मणकिशोरलाई कांग्रेसले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ भने एमाले–माओवादीले नाउपाका अर्का सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा बढाएका छन् ।