Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधान न्यायाधीशको इजलासमा कुलमानको नियुक्तिविरुद्धको रिट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् । यो रिट जवराको एक नम्बर इजलासमा परेको छ । यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको थिएन । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल