Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले मंगलबार थुनछेक बहसपछि शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
शेरचनमाथि बैंकको सञ्चालक समितिको स्वीकृतिबिना गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको तथा विप्रेषण कारोबारबापत बैंकले पाउनुपर्ने ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज प्राप्त नभएको आरोप छ।
अनुसन्धानका क्रममा बयान दिँदा शेरचनले पूर्वस्वीकृति नलिई ऋण प्रवाह गरेको र पछि सञ्चालक समितिबाट अनुमोदन गराउने गरी प्रक्रिया अघि बढाएको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ।
उक्त प्रकरणमा कुल २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको हो। बैंकले नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पठाएको पत्रका आधारमा अनुसन्धान अघि बढेको थियो।
अदालतको पछिल्लो आदेशसँगै शेरचन मुद्दाको अन्तिम फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा रहने भएका छन्।
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल