Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु बैंकको सीइओमा पुनः शेरचन

काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् । उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाका अनुसार बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको बताए । शेरचनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए । सेञ्चुरी बैंकसँग मर्जरको सम्झौता गर्दा भएको सहमतिअनुसार नै शेरचनलाई पुनः सीइओमा नियुक्त गरिएको सिटौलाले जानकारी दिए ।